पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा मूल्य समायोजन गरेको छ। निगमका अनुसार भारतको इन्डियन आयल कर्पोरेसनबाट शनिबार प्राप्त नयाँ मूल्य सूचीअनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा १ रुपैयाँले मूल्य बढेको छ। त्यस्तै, आन्तरिक हवाई इन्धनको मूल्य भने प्रतिलिटर २ रुपैयाँ ५७ पैसाले घटेको छ।
निगमले मूल्य समायोजनसँगै नयाँ दर आज राति १२ बजेदेखि लागू हुने जनाएको छ। नयाँ मूल्य सूची अनुसार काठमाडौं उपत्यकामा पेट्रोल, डिजेल, मट्टीतेल तथा हवाई इन्धनको बिक्री मूल्य अपडेट गरिनेछ। नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजार मूल्य र इन्डियन आयल कर्पोरेसनको सप्लाई मूल्यका आधारमा मूल्य समायोजन गरिएको स्पष्ट पारेको छ।
प्रतिक्रिया