यातायात व्यवसायीको चक्रपथ चक्काजाम कार्यक्रम

काठमाडौं । यातायात व्यवसायी तथा मजदुरहरूले आज शनिबार काठमाडौंको चक्रपथ र भक्तपुरका मुख्य सडकमा चक्काजाम गरेका छन् । संघीय ऐनसँग बाझिने गरी गण्डकी प्रदेश सरकारले ल्याएको यातायात नियमावली खारेज गर्न माग र्दै चेतावनी स्वरूप उनीहरूले सडकमा गाडीहरू तेस्र्याएका हुन् । चक्रपथ चक्काजाम कार्यक्रम नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ बागमती प्रदेशको आयोजनामा भएको हो । चक्काजाम कार्यक्रम सम्पन्न भएसँगै काठमाडौं उपत्यकाको यातायात व्यवस्था सुचारु भएको ट्राफिक प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर