सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज मंगलबार छापावाल सुनको मूल्य तोलामा २ सयले घटेर तोलाको एक लाख ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि हिजो सोमबार सुन तोलाको एक लाख ९१ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा १० रुपैयाँले घटेर १९ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया