मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा : प्रधानमन्त्री ओली

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा गएको बताएका छन् । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत बितेका १० महिनामा गत वर्षको तुलनामा निर्यात ७३ प्रतिशतले वृद्धि भएकाले मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा लैजाँदै गरेको उल्लेख गरे ।

पछिल्ला १० महिनामा गत वर्षको तुलनामा निर्यात ७३ प्रतिशतले वृद्धि भएको र यस अवधिमा दुई खर्ब १८ अर्ब रुपैयाँको निर्यात भएको भन्दै अर्थतन्त्र सकारात्मक बाटोमा लैजाँदै गरेको प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर