यस्तो छ आज सातै प्रदेशको मौसम

काठमाडौं ।  मौसम पूर्वानुमान महाशाखाले अध्ययन गरी आज सोमबार दिउँसो अर्थात् दिनभर र राति अर्थात् मंगलबार बिहान ६ बजेसम्म कुन प्रदेश तथा क्षेत्रमा हिउँ र पानी पर्ने सम्भावनाबारे बुलेटिन जारी गरेको छ। त्यसो त अहिले (सोमबार बिहान) पनि सबै प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

कोसी प्रदेश

दिउँसो : हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना छ। पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। तराई क्षेत्रका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

राति : हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। तराई क्षेत्रका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

मधेस प्रदेश

दिउँसो : तराई क्षेत्रका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

राति : तराई क्षेत्रका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

बागमती प्रदेश

दिउँसो : हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। तराई क्षेत्रका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

राति : हिमाली क्षेत्रका आंशिक देखि साधारणतया बदली रही एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। तराई क्षेत्रका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

गण्डकी प्रदेश

दिउँसो : हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। तराई क्षेत्रका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

राति : हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। तराई क्षेत्रका आंशिक देखि साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

दिउँसो : हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

राति : हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

सुदूरपश्चिम प्रदेश

दिउँसो : हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा साथै हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। तराई क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

राति : हिमाली क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा साथै हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। तराई क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

मौसमविद्का अनुसार २४ घण्टामा १० मिलिमिटरभन्दा कम पानी पर्नु हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म पानी पर्नु मध्यम वर्षा, ५० देखि माथि १०० मिलिमिटरसम्म पानी पर्नु भारी वर्षा, १०० देखि माथि २०० मिलिमिटरसम्म पानी पर्नु धेरै भारी वर्षा र २०० मिलिमिटरभन्दा माथि पानी पर्नु अति भारी वर्षा हो।  यस्तै केही स्थानमा वर्षा भन्नाले सम्बन्धित भूभागको ५० प्रतिशत, थोरै स्थान भन्नाले २५ देखि ३० प्रतिशत र एक-दुई स्थान भन्नाले २५ प्रतिशतभन्दा कम ठाउँमा वर्षा हुन्छ भनेर बुझ्न सकिने मौसमविद् बताउँछन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर