रसुवागढी नाका हुँदै ल्याइएको साढे सात किलो सुन बरामद

काठमाडौं । चीनको केरुङबाट रसुवागढी नाका हुँदै ल्याइएको साढे सात किलो सुन प्रहरीले बरामद गरेको छ । स्याउको गाडीमा फल्स बटम बनाई लुकाएर ल्याएको भन्ने सुराकीको आधारमा खानतलासी गर्दा करिब साढे सात किलो सुन बरामद गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीको नेतृत्वको टोलीले बा ४ ख ६२०१ नम्बरको स्याउ बोको कन्टेनर गाडीबाट आज आइतबार अपराह्न उक्त सुन फेला पारेको हो । शाहीका अनुसार साढे ७ किलो सुनसहित गाडी चालक गोसाइँकुण्ड गाउँपालिका–५ का किशोर भुजेललाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडि बढाइएको छ । सुन धनी को हुन् भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक शाहीले बताए ।
प्रतिक्रिया