आज आइतबार सुनको मूल्यमा गिरावट

काठमाडौं । नेपाली बजारमा आज आइतबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको हो । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ८४ हजार २०० रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुनको मूल्य १ लाख ८४ हजार ८०० रुपैयाँ थियो। त्यस्तै, चाँदीको मूल्य भने हाल प्रति तोला १ हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर