मदन-आश्रितको मार्ग दर्शन हाम्रो प्रेरणा : अध्यक्ष ओली

काठमाडौं ।  प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारीको अगुवाइमा प्रतिपादित जनताको बहुदलीय जनवाद (जबज) को मार्ग दर्शक सिद्धान्तले लोकतान्त्रिक परिवर्तनलाई सफल बनाएको बताएका छन्।

आज जेठ ३ गते  बिहानै सामाजिक सञ्जालमा लेख्दै उनले स्वर्गीय भण्डारीको सम्झना गरेका हुन्। ‘३२ वर्ष अगाडि आजको दिन, हामीले जननेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रितलाई गुमायौँ’, उनले लेखेका छन्, ‘जननेता मदन भण्डारीको अगुवाइमा प्रतिपादित जनताको बहुदलीय जनवादको मार्गदर्शक सिद्धान्तले लोकतान्त्रिक परिवर्तनलाई सफल बनायो।’

अध्यक्ष ओलीले मदन–आश्रितको विचार र मार्गदर्शन आफूहरूको प्रेरणा बन्ने उल्लेख गरेका छन्। ‘मदन–आश्रितको पवित्र स्मृतिमा हामी शिर निहुराउँछौ। उहाँको विचार र मार्ग दर्शन सधैँ हाम्रो प्रेरणा बन्नेछ’, श्रद्धाञ्जली अर्पण गर्दै उनले लेखेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर