आज सुन तोलामा ३५ सय र चाँदीमा पनि ३५ रुपैयाँ घट्यो

काठमाडौं ।  नेपाली बजारमा हिजो बुधबारको तुलनामा सुनको मूल्य घटेको छ । आज बिहीबार सुन प्रति तोला तीन हजार पाँच सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बिहीबार छापावाल सुनको मूल्य तोलाको एक लाख ८१ हजार ८०० सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बुधबार सुन प्रति तोला एक लाख ८५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज बिहीबार चाँदी एक हजार ९ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको दिन बुधबार चाँदी एक हजार ९ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर