देशका अधिकांश भू-भागमा आंशिक बदली रहने

काठमाडौं । आज देशका अधिकांश भूभागमा आंशिकदेखि साधारणतया बदली रहने र केही स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बङ्गालको खाडी र अरब सागर बाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली प्रदेशको हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। तराई क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ।

राति हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। आज मधेस प्रदेशमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने सम्भावना छ।

सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। राति हिमाली क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने सम्भावना छ। पहाडी क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाले पहाडी भेगमा मेघगर्जन र चट्याङको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ। साथै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा यात्रा गर्दा मौसमको अवस्था बुझेर मात्र अगाडि बढ्न सुझाव दिइएको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर