सुन तोलामा पाँच सय रुपैयाँ वृद्धि, चाँदीको मूल्य स्थिर

काठमाडौं ।  नेपाली बजारमा हिजो मंगलबारबारको तुलनामा सुनको मूल्य बढेको छ । आज बुधबार सुन प्रति तोला पाँच सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बुधबार छापावाल सुनको मूल्य तोलाको एक लाख ८५ हजार ३०० सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन मंगलबार सुन प्रति तोला एक लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । महासङ्घका अनुसार आज बुधबार चाँदी एक हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन मंगलबार चाँदी एक हजार ९ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर