सुन तोलामा ६ सय वृद्धि, चाँदी २० रुपैयाँ सस्तो

काठमाडौं । आज आइतबार सुनको मूल्यमा ६ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८४ हजार १०० रुपैयाँमा किनबेच भइरहेको छ। गत शुक्रबार सुन तोलाको १ लाख ८३ हजार ५०० रुपैयाँ थियो ।
यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । शुक्रबार तोलामा १ हजार ९ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा १ हजार ९ सय १० रुपैयाँमा कारोबार भइरहेको छ।
प्रतिक्रिया