आज सुन तोलामा सात सय रुपैयाँ घट्यो

काठमाडौं ।  नेपाली बजारमा बुधबार सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको हो ।

हिजो मङ्गलबार तोलाको १ लाख ८८ हजार ८०० रुपैयाँमा कारोवार भएको सुन आज १ लाख ८८ हजार १ सयमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि घटेको छ । तोलामा आज चाँदी १ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर