सुदीपको हत्याविरुद्ध पाकिस्तानी दूतावासअगाडि प्रदर्शन

काठमाडौं । भारतको जम्मुकश्मीरको पहलगाममा यही वैशाख ९ गते भएको मुस्लिम आतङ्ककारीको हमलामा नेपाली युवा सुदीप न्यौपानेको हत्याको विरोधमा काठमाडौंस्थित पाकिस्तान दूतावास गाडि आज शनिबार विरोध प्रदर्शन गरिएको छ ।
पर्यटकमाथि पहलगाममा भएको नृशंस हत्यामा पाकिस्तान संरक्षित र पोषित आतंककारीहरूको संलग्नता रहेको भारतलगायत अन्य मुलुकले आरोप लगाउँदै आएको छ । पहलगाम एक पर्यटकीय स्थल रहेको सुदीपलगायत उनका परिवार त्यहाँ घुम्न जाँदा हिन्दुधर्मावलम्बी भएको भन्दै पाशविक तरीकाबाट उनको पाकिस्तान समर्थित आतंककारीहरूले गोली हानेर हत्या गरेका थिए । उक्त निन्दनीय घटनामा सुदीपलगायत २८ जना पर्यटकहरूको निर्मम तरीकाले हत्या गरिएको थियो ।
२७ वर्षीय सुदीप बुटवल उपमहानगरपालिका–१४ का स्थायी वासिन्दा हुन् । सो घटनाको विरोधमा नेपाल नागरिक अभियानले आतङ्कवादविरुद्ध ऐक्यवद्धता जनाउँदै विरोध प्रदर्शन गरेको हो । उनीहरूले “हिन्दुको हत्या बन्द गर, पाकिस्तानी सेना मूर्दावाद, आतङ्कवाद मूर्दावाद, आतङ्ककारीलाई कारबाही गर, मानवताको रक्षा गर” भन्ने लगायतका प्लेकार्ड र ब्यानर बोकेका थिए ।