सुन तोलामा ३९ सय र चाँदीमा १ सय २५ रुपैयाँ घट्यो

काठमाडौं ।  नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो बिहीबारको तुलनामा आज शुक्रबार सुन प्रति तोला ३ हजार ९ सय रुपैयाँ घटेको हो । महासंघका अनुसार हिजो बिहीबार छापावाल सुनको मूल्य १ लाख ८० हजार ३०० रुपैयाँ कायम भएकोमा आज शुक्रबार सुन प्रति तोला १ लाख ७६ हजार ४०० रुपैयाँ तोकिएको छ ।

यस्तै, चाँदीको मूल्य बिहीबारको तुलनामा आज शुक्रबार प्रति तोला १ सय २५ रुपैयाँ घटेको छ । हिजो बिहीबार चाँदी तोलाको १९ सय ९५ रुपैयाँ कायम भएकोमा आज शुक्रबार प्रति तोला १८ सय ७० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर