राजनीतिक प्रदर्शनले काठमाडौंको ट्राफिक व्यवस्था चौपट

काठमाडौं ।  संघीय समाजवादी मोर्चा र पूर्वराजा समर्थित समुहले आयोजना गरेको छुट्टाछुट्टै र्‍याली, प्रदर्शन र सभाका कारण काठमाडौँ उपत्यकाको यातायात प्रभावित भएको छ ।

गणतन्त्र पक्षधर चार दलीय समाजवादी मोर्चा नेपालले काठमाडौँको भृकुटीमण्डपमा र व्यवस्था विरोधी राजावादीहरूले तीनकुनेमा सभा गर्दैछन। सभामा पुग्न विभिन्न स्थलबाट निस्किएको जुलुसका कारण काडमाडौँ उपत्यकाको यातायात अवागमन प्रभावित भएको छ ।

विशेषगरी रत्नपार्क, बबरमहल, कुपण्डोल, त्रिपुरेश्वर र सोह्रखुटे-बालाजु तिनकुने माइतीघर मण्डला, थापाथली, त्रिपुरेश्वर भद्रकाली, असन, जमल कमलादी, पुतलीसडक, पदमोदय, र बागबजारलगायतका स्थानमा पनि यातायात व्यवस्थापन प्रभावित भएको छ । ट्राफिक प्रहरीले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर