भक्तपुरमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
भक्तपुर । भक्तपुरमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–७ गोलमढीकी ७० वर्षीया तुलसीमाया तुसिबाखको मृत्यु भएको हो ।
सूर्यविनायक नगरपालिका–८ जगाती पुल नजिक बा ४१ प ३३४ नम्बरको मोटरसाइकलले उनलाई ठक्कर दिएको थियो । जगातीबाट साँगातर्फ जाँदै गरेको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी उनलाई उपचारका लागि सूर्यविनायक नगर अस्पतालमा लगिएको थियो । उपचारको क्रममा तुसिबाखको मृत्यु भएको हो । मोटरसाइकल चालकलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
प्रतिक्रिया
