बेपत्ता भएका रानाको शव ९ दिनपछि फेला

काठमाडौं ।  फागुन २ गते त्रिशूली नदीमा खसेर बेपत्ता भएका रोहित रानाको शव ९ दिनपछि फेला परेको छ।

उनको शव नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ कालीखोला नजिकै फेला परेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।

बिहान लगभग ११ बजेर ५० मिनेटको समयमा मोटरसाइकल सडक छेवैको डिभाइडरमा ठोक्किएको थियो ।उक्त मोटरसाइकल दुर्घटना हुँदा नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ मा उछिट्टिएर त्रिशूलीमा खसेका उनको खोजी भइरहेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर