राष्ट्रियसभा सदस्य नारायणदत्त भट्ट अस्वस्थ

काठमाडौं । राष्ट्रियसभा सदस्य नारायणदत्त भट्ट सभा सञ्चलान भइरहेका बेला अस्वस्थ भएका छन् । आशनग्रहण गरिरहेका अवस्थामा एक्कासि ढल्न लाग्दा अध्यक्ष नारायणप्रसाद दाहालले सांसद भट्टको स्वास्थ्य अवस्थाबारे चासो व्यक्त गरे ।

नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसद भट्टलाई उपचारका लागि तत्कालै संसद् भवनस्थित स्वास्थ्य शाखामा पुर्‍याइएको थियो । रक्तचाप र मधुमेहको समस्या देखिएका सांसद भट्टको स्वास्थ्यस्थिति अहिले सामान्य रहेको र चिकित्सकको निगरानीमा स्वास्थ्यलाभ गरिरहेको स्वास्थ्यकर्मी भीमराज सिंहले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर