मानव बेचबिखन कार्यमा सलंग्न ४ जना पक्राउ
काठमाडौं । हरीले मानव बेचबिखन कार्यमा सलंग्न भएको आरोपमा ४ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको विहार राज्य बरदहियाका ३५ बर्षीया मनेजर राय, महोत्तरीको भंगहा नगरपालिका–२ टिकुलिया बस्ने ३२ वर्षीया सुक्राति चौधरी, ओखलढंगाको देयाले गाउँपालिका–५ का ३३ बर्षीया दिपेश राई र बाराको जितपुर सिमरा उपमहानगरपालिका–१४ बस्ने ३८ बर्षीया मिरा कुमारी महतो रहेका छन् ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–१६ भन्सार नजिकै सञ्चालनमा रहेको एक होटलबाट पक्राउ गरिएको हो ।
प्रतिक्रिया
