इन्टरपोलको शताव्दीको अवसरमा सगरमाथाको सफल आरोहण

काठमाडौं । अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) को सदस्यता प्राप्त गरेको १००औँ वर्ष पुगेको अवसरमा नेपाल प्रहरीले इन्टरपोल र नेपाल प्रहरीको झन्डा सगरमाथाको चुचुरोमा फरफराइएको छ ।
इन्टरपोलको सदस्यता नेपालले प्राप्त गरेको शताब्दी वर्षको अवसरमा नेपाल प्रहरीको प्रतिनिधित्व गर्दै पहिलो पटक प्रहरी वरिष्ठ नायव निरीक्षक पुरुषोत्तम नेपालीले झन्डा चुचुरोमा फहराउन सफल भएका छन् । नेपालीले जेठ २ गते मङ्गलबार बिहान १०ः१५ बजे सगरमाथाको चुचुरोमा झन्डा पुर्याएका हुन् ।आरोहण दल वैशाख २ गते आधार शिविर तर्फ प्रस्थान गरेको थियो । (तस्बिरः नेपाल प्रहरी)
प्रतिक्रिया