आज सोमबार सेयर बजारमा दोहोरो अंकले वृद्धि

काठमाडौं ।  साताको दोस्रो कारोबारको दिन आज सोमबार नेप्से परिसूचक २२.१४ अंकले बढेर २७६०.२१ को विन्दुमा कायम भएको छ । यस दिन नेप्सेमा कारोबार भएको ३०२ कम्पनीको २ करोड ४५ लाख ५७ हजार १५३ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ३१ करोड ५२ लाख ७ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा बढोत्तरी आउँदा आठ वटा उपसूचक हरियाली भएको छ ।

यस दिन बजारमा वृद्धि आउँदा सपोर्ट माइक्रोफाइनान्स लघुवित्त, सामुदायिक लघुवित्त, गुराँस लघुवित्त, मानुषी लघुवित्त, श्रीजनशील लघुवित्त, सिवाइसी नेपाल लघुवित्त, माछापुच्छ्रे बैक, कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लागेको छ ।

 

सेयर बजार २२ अंकले बढ्यो, कारोबार रकम वृद्धि हुँदा ७ कम्पनीको सेयरमा सकरात्मक सर्किट


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर