आज सोमबार सुन तोलामा एक हजार रुपैयाँ घट्यो

काठमाडौं ।  स्थानीय बजारमा सोमबार सुनको मूल्य तोलामा एक हजार रुपैयाँ ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाला सुन तोलामा एक लाख ६६ हजारमा कारोबार भएकामा आजका लागि भने एक लाख ६५ हजार रुपैयाँ  निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेको छ । आइतबार प्रतितोला एक हजार नौ सय ६० मा कारोबार भएकामा आजका लागि भने एक हजार नौ सय ५५ रुपैयाँ निर्धारण भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर