नेप्सेमा ५५.८६ अंक गिरावट, कारोबारको रकम घट्यो

काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सोमबार  दोहोरो अंकले घटेर बन्द भएको छ । नेप्से ५५.८६ अंकले घटेर दुई हजार ६ सय ४६ दशमलव ०३ विन्दुमा बन्द भएको हो ।  आइतबारको तुलनामा सोमबार कारोबार रकममा पनि गिरावट आएको छ । आइतबार १० अर्ब रुपैयाँ बराबरको कारोबार भएको नेप्सेमा आज ९ अर्ब ४३ करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये २२ वटाको बढेको छ भने २२२ वटा कम्पनीको शेयरमूल्य घटेको छ ।

आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको शेयरमूल्य आज ८.९८ प्रतिशतले बढेर प्रतिकित्ता १५६५ रुपैयाँ पुगेको छ ।  उन्नति सहकार्य लुघवित्त वित्तीय संस्थाको शेयरमूल्यमा भने घटेको छ । यस कम्पनीको शेयरमूल्य ७.७८ प्रतिशतले घटेको हो । सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको ३७ करोड ५७ हजार बराबरको कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर