सोमबारका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। अमेरिकी डलर एकको खरिद दर एक सय ३४ रुपैयाँ ०२ पैसा र बिक्री दर एक सय ३४ रुपैयाँ ६२ पैसा रहेको छ । यूरो एकको खरिद दर एकसय ४८ रुपैयाँ ५६ पैसा र बिक्री दर एक सय ४९ रुपैयाँ २३ पैसा छ । पाउण्ड स्ट्रलिङ एकको खरिद दर एक सय ७६ रुपैयाँ ९१ पैसा र बिक्री दर एक सय ७६ रुपैयाँ ७० पैसा छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ ४१पैसा र बिक्री दर ८९ रुपैयाँ ८१ पैसा छ । यस्तै कुवेती दिनार एकको खरिद दर चार सय ३९ रुपैयाँ ६३ पैसा र बिक्री दर चार सय ४१ रुपैयाँ ५९ पैसा छ भने बहराइन दिनार एकको खरिद दर तीन सय ५५ रुपैयाँ ५५ पैसा र बिक्री दर तीन सय ५७ रुपैयाँ १४ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया
