विदेशी मुद्राको विनियम दर : अमेरिकी डलरको भाउ उच्च हुँदै

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनियम दर सार्वजनिक गरेको छ। अमेरिकी डलर १ को खरिद दर १३४ रुपैयाँ ०४ पैसा र बिक्री दर १३४ रुपैयाँ ६४ पैसा रहेको छ । आजको अमेरिकी डलरको यो विनिमय दर अहिलेसम्मकै उच्च हो। हिजो बुधबार अमेरिकी डलर १ को खरिद दर १३४ रुपैयाँ ०३ पैसा र बिक्री दर १३४ रुपैयाँ ६३ पैसा थियो। युरोपियन युरो १ को खरिद दर १४६ रुपैयाँ ३९ पैसा र बिक्री दर १४७ रुपैयाँ ०५ पैसा छ । बेलायती पाउन्ड १ को खरिद दर १७० रुपैयाँ ६८ पैसा र बिक्री दर १७१ रुपैयाँ ४४ पैसा छ । अस्ट्रेलियन डलर १ को खरिद दर ८८ रुपैयाँ १० पैसा र बिक्री दर ८८ रुपैयाँ ४९ पैसा रहेको छ । यस्तै कुवेती दिनार १ को खरिद दर ४३८ रुपैयाँ १४ पैसा र बिक्री दर ४४० रुपैयाँ १० पैसा छ भने बहराइन दिनारको खरिद दर ३५५ रुपैयाँ ५८ र बिक्री दर ३५७ रुपैयाँ १७ पैसा तोकिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर