सुनको मूल्यमा हालसम्मकै उच्च

काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च भएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४५ हजार चार सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको हो । यसअघि जेठ २५ गते शुक्रबार सुनको मूल्य एक लाख ४५ हजार रुपैयाँ पुगेको थियो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ४५ हजार ४ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ४४ हजार ७ सय रुपैयाँ रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ८९० रुपैयाँ रहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर