आज आइतबार सुनको भाउ स्थिर

काठमाडौं । आज आइतबार सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला १ लाख ३५ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि उही मूल्यमा किनबेच भइरहेको छ । यस्तै तेजाबी सुनको मूल्य पनि स्थिर रहेको छ । आज तेजाबी सुन प्रतितोला १ लाख ३४ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

चाँदीको भाउ भने ५ रुपैयाँ प्रतितोलाका दरले घटेको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार ६ सय ४५ रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला १ लाख ६ सय ४० रुपैयाँमा कारोबार भइरहेको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर