सुनको मूल्यमा प्रतितोला दुई हजार बढ्यो
काठमाडौं । छापावाल सुनको मूल्य आइतबार शुक्रबारको तुलनामा प्रतितोला दुई हजार रुपैयाँले वृद्धि भएको छ । शुक्रबार छापावाल सुन १ लाख १९ हजार, तेजाबी सुन १ लाख १८ हजार ४ सय ५० मा कारोबार भएकोमा आइतबार १ लाख २१ हजार रुपैयाँ र तेजाबी सुन १ लाख २० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै चाँदीको मूल्य आइतबार १ हजार ४ सय १० रुपैयाँ पुगेको छ। शुक्रबार चाँदी १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया
