आइतबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर जारी गरेको छ । आज १ डलरको खरिद दर १३२.३५ रुपैयाँ र बिक्री दर १३२.९५ रहेको छ । राष्ट्र बैंकका अनुसार युरो र पाउन्ड स्टर्लिङ पनि घटेको छ । शुक्रबार युरो १ को खरिद मूल्य १४३.४४ रुपैयाँ र बिक्री मूल्य १४४.०९ तोकिएकोमा आज भने खरिद १४३.१४ र बिक्री १४३.७९ रुपैयाँ तोकिएको छ ।

त्यस्तै, आज पाउन्ड स्टर्लिङ १ को खरिद दर १६७.२२ रुपैयाँ र बिक्री दर १६७.९८ रुपैयाँ रहेकामा अघिल्लो कारोबार दिन खरिद १६७.५२ रुपैयाँ र बिक्री १६८.२८ रुपैयाँ थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर