बालकुमारी घटना : मृतकका परिवार र सरकारबीच ४ बुँदे सहमति

काठमाडौं ।  बालकुमारी घटनाका मृतकका परिवार र सरकारबीच चार बुँदे सहमति भएको छ । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा गृह मन्त्रालय र पीडित पक्षबीच भएको सहमतिमा मृतक परिवारका एक–एक जना सदस्यलाई रोजगारी दिनेलगायत सहमति भएको हो ।

सरकारले थप राहत उपलब्ध गराउन पहल गर्ने, दुवै मृतकलाई शहीद घोषणाका लागि पहल गर्ने र दुवै जनाको शव परिवारले बुझ्ने उल्लेख छ । शव सम्बन्धित जिल्लामा पुर्‍याउने व्यवस्था पनि गृह मन्त्रालयले नै गर्नेछ ।

गत शुक्रबार पुस १३ गते ललितपुरको बालकुमारीमा रहेको इपिएस कोरिया शाखामा परीक्षा फारम भर्ने विषयमा प्रहरी र आवेदन दिन पुगेकाहरूबीच झडप हुँदा प्रहरीको गोली लागेर दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर