भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा  एक जनाको मृत्यु

भक्तपुर ।  भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा  एक जनाको ज्यान गएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।

गएराति सूर्य विनायक नगरपालिका–८ आदर्श भक्तपुर फ्युल सेन्टरनजिक दुई वटा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा काभ्रे बनेपाकी २५ वर्षकी नविना काफ्ले घिमिरेको ज्यान गएको हो ।

दुर्घटनामा नविनाका श्रीमान् किरण घिमिरे र ओखलढुङ्गाको सुनकोशी गाउँपालिका वडा नम्बर–४ घर भई भक्तपुरको नलिन्चोक बस्ने हिरा बडाल घाइते भएका हुन् ।  घाइते दुवै जनाको मध्यपुर थिमि अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर