चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं ।  आज देशका चार प्रदेश मधेश, बागमती, गण्डकी र लुम्बिनीका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ।

महाशाखाकाअनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानबाट उत्तरतिर अवस्थित छ। यो सहित बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको समेत नेपालमा आंशिक प्रभाव रहेको छ ।

अहिले देशभर आंशिकदेखि सामान्य बदली रही बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

भारी वर्षावाहेक आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू साथै बाँकी भूभागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर