धेरै खालका व्यक्तिहरु संलग्न भएर क्वीन्टलका क्वीन्टल सुन तस्करी : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले क्वीन्टलका क्वीन्टल सुन तस्करी हुने गरेको कुरा थाहा पाएपछि सरकारले अनुसन्धान सुरु गरेको बताएका छन् ।

पोखरमा आयोजित समाजवादी मोर्चाको सन्देश सभामा बोल्दै उनले सुन तस्करीमा धेरै खालका व्यक्तिहरु संलग्न रहेर क्वीन्टलका क्वीन्टल सुन तस्करी हुने गरेको बताए ।

गत साउन ३ गते गैरकानुनी रुपमा नेपाल भित्रिएको ६० किलो सुन राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो । उक्त सुन आयातको विषयमा हाल नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धान गरिरहेको छ ।

सीआईबीको अनुसन्धान जारी रहेका बेला प्रधानमन्त्री प्रचण्डले सेटिङ नभइ सुन तस्करी असम्भव रहेको बताएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर