पहिरोले घर बगाउँदा एक जनाको मृत्यु र ६ जना बेपत्ता

काठमाडौं । पूर्वी मकवानपुरको बागमती गाउँपालिका ५ मा पहिरोले घर बगाउँदा एक जनाको मृत्यु र ६ जना बेपत्ता भएका छन् । बागमती गाउँपालिका ५ भोर्लेनीस्थित सिक्रे दोभानमा भल बाढीसहित आएको पहिरोले बगाएर काभ्रे घर भएका सञ्चमाया स्याङ्तानको मृत्यु भएको हो ।

बागमती गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष विजयकुमार ब्लोनका अनुसार पहिरोसँगै बगेको घरलाई घर नजिकै रहेको खोलामा आएको बाढीले बगाएको थियो । पहिरोमा परेर गम्भीर भएका अन्दाजी ५५ वर्षीया स्याङ्तानको मङ्गलबार स्थानीय भोर्लेनीस्थित मेडिकलमा उपचारको क्रममा मृत्यु भएको वडाध्यक्ष ब्लोनले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले पहिरोमा परेर अक्कलबहादुर स्याङ्तान, निजका ज्वाइँ जीवन पहरी, छोरी शिला पहरी स्याङ्तान, चार वर्षीय नाति, डेढ वर्षीया नातिनी र पाउन बसेका पासाङ घिसिङ बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार घटनास्थलमा प्रहरी टोली पुगेको र बेपत्ता भएकाहरूको खोजी कार्य जारी छ । (तस्बिरः सांकेतिक)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर