पहिरोका कारण हेटौंडा–कुलेखानी–काठमाडौं सडक अवरुद्ध
काठमाडौं । पहिरोका कारण हेटौंडा–काठमाडौं जोड्ने दुईवटा कान्ति लोकपथ र हेटौंडा–कुलेखानी सडक अवरुद्ध भएको छ । कान्ति लोकपथअन्तर्गत मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ११ लामराङमा गएराति पहिरो गएकाले सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
यस्तै, हेटौंडा–कुलेखानी–काठमाडौं सडक खण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर २ ज्यालटारमा पहिरो जाँदा हेटौंडा–भैंसे–भीमफेदी–कुलेखानी सडक खण्ड अवरुद्ध भएको छ । प्रहरीका अनुसार दुवै सडक खुलाउन सडक विभागसँग समन्वय भइरहेको छ । तर, लगातारको पानी परिरहेकाले तत्काल सडक खुल्ने अवस्था नरहेको प्रहरीले जनाएको छ । (तस्बिरःसांकेतिक)
प्रतिक्रिया
