एसइईका उत्तीर्ण परीक्षार्थीलाई अध्यक्ष ओलीको बधाई
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०७९ एसइईको परीक्षामा उत्तीर्ण सबै विद्यार्थीलाई बधाई दिएका छन् । साथै उनले अब कक्षा ११ मा भर्ना हुँदा विषय छनोट गर्दा आफ्नो रूचिको आधारमा विषय छनोट गर्न सुझाव पनि दिए ।
ुअध्यक्ष ओलीले समाजिक सञ्जालमा लेखेका छन्–“अबको पढाइमा विषय छनोट गर्दा अहिले प्राप्त गरेको अङ्कको आधारमा भन्दा पनि आफ्नो आन्तरिक रूचिको आधारमा गर्न सुझाव दिन्छु । शिक्षामा आफूले छनोट गरेको विषयमा निरन्तर सफलता प्राप्त होओस्,।।”
प्रतिक्रिया
