देशभरको मौसम मुख्यतया: सफा रहने
काठमाडौं । हाल नेपालमा कुनै मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार देशका हिमाली तथा पहाडी भूभागमा मौसम मुख्यतया: सफा रहेको छ भने तराई, उपत्यका र खोँचका केही स्थानमा हुस्सु तथा कुहिरो लागेको छ।
आज दिउँसो कोशी प्रदेशसहित कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रही देशका बाँकी भूभागमा मौसम मुख्यतया: सफा रहने अनुमान छ। यस्तै, आज राति कोशी प्रदेशसहित देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने र बिहानपख तराई, उपत्यका तथा खोँचका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने महाशाखाले जनाएको छ।
आज दिउँसो र राति दुवै समय कोशी प्रदेशको तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
प्रतिक्रिया
