आज बुधबार सुनमा ६३ सय र चाँदीमा ११० रुपैयाँ घट्यो
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा एकैदिन ठूलो गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार सुनको मूल्य प्रति तोला ६ हजार ३०० रुपैयाँले घटेको हो।
मूल्य घटेसँगै आज सुन प्रति तोला २ लाख ६० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो मंगलबार सुन प्रति तोला २ लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ। हिजो मंगलबार प्रति तोला ३ हजार ४९० रुपैयाँ रहेको चाँदी आज ११० रुपैयाँले घटेर ३ हजार ३८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
प्रतिक्रिया
