काठमाडौंमाथि पोखराको शानदार जित
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको २८ औँ तथा लिग चरणको अन्तिम खेलमा पोखरा एभेन्जर्स विजयी भएको छ । पोखराले काठमाडौँ गोर्खाजलाई ५५ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।
२२५ रनको चुनौती पछ्याउने क्रममा काठमाडौँ एक बल खेल्न बाँकी छँदै अलआउट हुँदै १६९ रनमा समेटियो । साहिल पटेलले ३४ तथा रशिद खानले ३१ रन बनाए । दिनेश खरेलले ४ तथा बिपिन खत्रीले ३ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले ३ विकेटको क्षतिमा २२४ रन बनाएको थियो । दोस्रो विकेटका लागि १८६ रनको कीर्तिमानी साझेदारी गर्दै पोखराले उक्त योगफल जोडेको हो । कुशल भुर्तेल र युवराज सम्राबीच भएको उक्त साझेदारी एनपीएलको इतिहासकै कुनै पनि विकेटका लागि सर्वाधिक साझेदारी हो ।
यसअघि पहिलो संस्करणमा पोखराकै एन्डिज गाउस र दिनेश खरेलले पहिलो विकेटका लागि लुम्बिनी लायन्सविरुद्ध १७६ रनको अविजित साझेदारी गरेका थिए । कीर्तिमानी साझेदारी गर्ने क्रममा कुशलले ५१ बलमा ९९ तथा सम्राले ५५ बलमा ८९ रन बनाए । दुवैको विकेट काठमाडौँका कप्तान करण केसीले लिएका थिए ।
कुशलले एकै इनिङ्समा सर्वाधिक ८ छक्का हान्ने कीर्तिमानसमेत बनाएका छन् । यसअघि उनकै नाममा ७ छक्काको कीर्तिमान थियो ।
यो खेलसँगै लिग चरणका खेल सकिएका छन् । पहिलो क्वालिफायर खेल मंगलबार साविक विजेता लुम्बिनी लायन्स र साविक उपविजेता सुदूरपश्चिम रोयल्सबीच हुँदैछ । इलिमिनेटर खेल बुधबार काठमाडौँ र चितवन राइनोजबीच हुनेछ ।
इलिमिनेटर खेलको विजेताले पहिलो क्वालिफायरको पराजित टिमसँग दोस्रो क्वालिफायर खेल्नेछ । विजेता टिमले पहिलो क्वालिफायरको विजेतासँग उपाधिका लागि फाइनल खेल्नेछ
अंक तालिका
लुम्बिनी लायन्स ७ खेलबाट ११ अंकसहित शीर्ष स्थानमा रहेको छ । सुदूरपश्चिम रोयल्स ७ खेलमा १० अंकसहित दोस्रो स्थानमा रहेको छ । काठमाडौँ गोर्खाज ७ खेलबाट ८ अंकसहित तेस्रो स्थानमा रहेको छ ।
७ खेलबाट ७ अंकको चितवन राइनोज चौथो स्थानमा छ । ७ खेलबाट ६ अंकको विराटनगर किंग्स पाँचौँ स्थानमा रहेको छ । कर्णाली याक्स ७ खेलबाट ६ अंकसहित छैटौँ स्थानमा पुगेको छ ।
जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सको समान ४ अंक रहेको छ ।
यसअघिका खेलको नतिजा
-२७ औँ खेलमा कर्णाली याक्स विजयी भएको छ । कर्णालीले चितवन राइनोजलाई २४ रनले पराजित गरेको हो ।
-२६ औँ खेलमा लुम्बिनी लायन्स विजयी भएको छ । लुम्बिनीले विराटनगर किंग्सलाई ४ विकेटले पराजित गरेको हो ।
-२५ औँ खेलमा चितवन राइनोज विजयी भएको छ । चितवनले जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गरेको हो ।
-२४ औँ खेलमा सुदूरपश्चिम रोयल्स विजयी भएको छ । सुदूरले काठमाडौँ गोर्खाजमाथि ७ रनको रोमाञ्चक जित हासिल गरेको हो ।
-२३ औँ खेलमा लुम्बिनी लायन्स विजयी भएको छ । लुम्बिनीले कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्यो ।
-२२ औँ खेलमा विराटनगर किंग्स विजयी भएको छ । विराटनगरले पोखरा एभेन्जर्सलाई ४ विकेटले पराजित गरेको हो ।
-२१ औँ खेलमा सुदूरपश्चिम रोयल्स विजयी भएको छ । सुदूरले जनकपुर बोल्ट्सलाई २७ रनले पराजित गरेको हो ।
-२० औँ खेलमा काठमाडौँ गोर्खाज विजयी भएको छ । काठमाडौँले चितवन राइनोजलाई १० रनले पराजित गर्यो ।
-१९ औँ खेलमा पोखरा एभेन्जर्स विजयी भएको छ । आफ्नो पाँचौँ खेलमा पहिलो सफलता हासिल गर्ने क्रममा पोखराले सोमबार कर्णाली याक्सलाई ६३ रनको फराकिलो अन्तरले हरायो ।
-१८ औँ खेलमा काठमाडौँ गोर्खाजले लुम्बिनी लायन्सलाई सजिलै पराजित गरेको छ । लुम्बिनी ३६ रनले पराजित भएको हो ।
– १७ औँ खेलमा चितवन राइनोज विजयी भएको छ । चितवनले पोखरा एभेन्जर्सलाई ३० रनले पराजित गरेको छ । खेलमा १५२ रनको चुनौती पछ्याएको पोखराले १९ ओभरमा अलआउट हुँदै १२१ रन बनाउन सक्यो ।
-१६ औँ खेलमा सुदूरपश्चिम रोयल्स विजयी भएको छ । सुदूरपश्चिमले कर्णाली याक्सलाई सजिलै ३९ रनले हराएको हो ।
-१५ औँ खेलमा काठमाडौँ गोर्खाज विजयी भएको छ । काठमाडौँले विराटनगर किंग्सलाई ९ विकेटले पराजित गर्यो ।
-१४ औँ खेलमा लुम्बिनी लायन्स विजयी भएको छ । लगातार नौ जित हासिल गर्दै कीर्तिमान रच्ने क्रममा लुम्बिनीले जनकपुर बोल्ट्सलाई १६ रनले पराजित गरेको हो ।
-१३ औँ खेलमा लुम्बिनी लायन्स विजयी भएको छ । अपराजित रहँदै शीर्ष स्थानमा पुग्ने क्रममा लुम्बिनीले पोखरा एभेन्जर्सलाई मंगलबारको खेलमा ८ विकेटले पराजित गर्यो ।
-१२ औँ खेलमा विराटनगर किङ्ग्सले जनकपुर बोल्ट्सलाई २ रनले पराजित गरेको छ। विराटनगरले दिएको १७५ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले ७ विकेट गुमाएर १७२ रन मात्र बनाउन सक्यो।
-११ औँ खेलमा सुदूरपश्चिम रोयल्स विजयी भएको छ । सुदूरपश्चिमले चितवन राइनोजलाई ५ विकेटले हराएको हो । १३० रनको चुनौती सुदूरले १६ ओभर ४ बलमै ५ विकेटको क्षतिमा पूरा गरेको हो ।
– दशौँ खेलमा काठमाडौँ गोर्खाज विजयी भएको छ । पहिलो जित हासिल गर्ने क्रममा काठमाडौँले कर्णाली गोर्खाजलाई ४ विकेटले हरायो ।
– नवौँ खेलमा जनकपुर बोल्टस विजयी भएको छ । जनकपुरले पोखरा एभेन्जर्सलाई ९ रनले पराजित गरेको हो । १४८ रनको चुनौती पछ्याएको पोखराले ९ विकेटको क्षतिमा १३८ रनमात्र बनाउन सक्यो ।
-आठौँ खेलमा विराटनगर किंग्स विजयी भएको छ । लगातार दुई हारपछि पहिलो जित दर्ता गर्ने क्रममा विराटनगरले सुदूरपश्चिम रोयल्सलाई ३५ रनले पराजित गरेको हो ।
-सातौँ खेलमा चितवन राइनोज र लुम्बिनी लाइन्सले अंक बाँडेका छन् । वर्षाका कारण खेल स्थगित हुँदा उनीहरूले अंक बाँडेका हुन् ।
-छैटौँ खेलमा कर्णालीले विराटनगर किंग्सलाई ४ विकेटले पराजित गरेको छ । १८७ रनको चुनौती कर्णालीले १९ ओभर ५ बलमा ६ विकेटको क्षतिमा पूरा गर्यो । कप्तान सोमपाल कामीले ३२ बलमा अविजित रहँदै रन बनाए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले ७ विकेटको क्षतिमा १८६ रन बनाएको थियो । लोकेश बमले ५२ बलमा ८७ रन जोड्दा सोमपालले ३३ रन खर्चेर ४ विकेट लिए ।
-पाँचौँ खेलमा जनकपुर बोल्ट्सले काठमाडौँ गोर्खाजलाई सहजै ८ विकेटले पराजित गरेको छ । ११६ रनको चुनौती पछ्याएको जनकपुरले १७ ओभर २ बलमै २ विकेट गुमाएर पूरा गर्यो ।
– चौथो खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई ६ विकेटले हरायो । सुदूरपश्चिमले टस जितेर पहिले बलिङ गर्दै पोखरालाई १४५ रनमा रोक्यो । पोखराले ७ विकेटको क्षतिमा सो योगफल जोडेको हो । अर्जुन घर्तीले २५ बलमा अविजित रहँदै ४० रन जोडे । अनिल खरेलले ३ विकेट लिए । जवाफमा सुदूरले १६.५ ओभरमै ४ विकेटको क्षतिमा जित हासिल गर्यो । कप्तान दिपेन्द्र सिंह ऐरीले ३६ बलमा अविजित रहँदै ५१ रन बनाए । इशान पाण्डेले ३१ बलमा ३७ रन बनाए ।
-तेस्रो खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्समाथि १९ रनको रोमाञ्चक जित निकाल्यो । १३३ रनको चुनौती पछ्याएको जनकपुरले ३ बल खेल्न बाँकी छँदै अलआउट भएर ११३ रनमात्र बनाउन सक्यो । युनिश ठकुरी र हुसेन तलातले समान ३ तथा नन्दन यादवले २ विकेट लिए ।
-दोस्रो खेलमा चितवन राइनोजले विराटनगर किङ्ग्समाथि ८ रनको सनसनीपूर्ण जित हासिल गर्यो । १५८ रनको चुनौती पछ्याउने क्रममा विराटनगरले १४९ रनमात्र बनाउन सक्यो । कमल ऐरीले २६ रन खर्चेर ४ विकेट लिए ।
-पहिलो खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले हरायो ।
