आज शुक्रबार सुनमा १२ हजार ६ सय र चाँदीमा १ सय ५५ रुपैयाँ घट्यो

काठमाडौं । आज शुक्रबार सुनको मूल्य प्रति तोलामा १२ हजार ६ सय रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको मूल्य प्रति तोला २ लाख ७१ हजार ७ सय रुपैयाँ निर्धारण गरेको छ। यसअघि गत सोमबार २ लाख ८४ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको थियो।

यस्तै, आज शुक्रबार चाँदीको मूल्य तोलामा १ सय ५५ रुपैयाँ घटेको छ। गत सोमबार चाँदी प्रति तोला ३ हजार ८ सय ५५ रुपैयाँ रहेको चाँदी आज ३ हजार ७ सय रुपैयाँ कायम भएको महासंंघले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर