आज कात्तिक २७ गते शुक्रबारको राशीफल

मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) ​कार्यक्षेत्रमा पुरानो समस्या सुल्झिनाले विभिन्न अवसरहरु प्राप्त हुनेछन्। पुरानो कारोबारलाई नविनीकरण गर्ने समय रहेको छ। विशिष्ट व्यक्तिहरूसँगको मित्रता बढ्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ९ रहेको छ।

वृष : (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) समस्या दर्साउँदा सहयोगीहरूले साथ दिनेछन्। समयमा कार्य सम्पन्न गर्न नसकेपनि योजनाहरू बनाउन सक्नुहुनेछ। परिवारबाट सोचेजस्तो सहयोग नमिल्ला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ८ रहेको छ।
मिथुन :  (का, कि, कु, घ, ङ, छ, के, को, हा) ​​​आर्थिक सुधारका प्रयासहरू सफल रहनेछन्। आफन्तहरूको साथ मिल्नाले हिम्मत बढ्नेछ। व्यापार व्यवसायलाई लिएर गरिएको यात्रा सफल रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ।
कर्कट : (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) व्यापार व्यवसायमा वेबास्ता गर्दा ठूलो नोक्सान खेप्नु पर्ला। युवा वर्गहरूलाई करियरलाई लिएर नयाँ अवसर मिल्नेछ। संचित धनमा वृद्धि हुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।
सिंह : (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) ​​कार्यक्षेत्रमा समयमा कार्यसम्पादन हुनाले नयाँ कार्यतर्फ अग्रसर भइनेछ। सहयोगीहरूबाट सहयोग मिल्नेछ। विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।
कन्या : (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) अनुभवको कमी सफलतामा बाधक बन्न सक्छ। व्यापार व्यवसायबाट लाभ मिल्नेछ। वैदेशिक रोजगार सफल रहनेछ। नयाँ कार्यको थालनिको लागि उपयुक्त समयको प्रतिक्षा गर्नुहोस्। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक २ रहेको छ।
तुला : (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) साझेदारी व्यापारबाट लाभ उठाउन सकिनेछ। दिगो लाभ हुने कार्य प्रारम्भ गर्न सकिनेछ। रोकिएका कार्य सम्पादन हुनेछन्। आयस्रोत राम्रो रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।
वृश्चिक:  (तो, ना, नि, नु, ने, नो, या, यि, यु) महत्त्वाकांक्षी लक्ष्य सम्पादन गर्नमा शुभचिन्तकहरूको साथ मिल्नेछ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। आर्थिक र सामाजिक स्थिती सबल हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।
धनु : (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) अरुकालागि बुद्धि र धन खर्च गर्नुपर्ला। व्यर्थको कुरामा व्यस्त रहने तथा उपलब्धिहीन कार्यमा समय बित्न सक्छ । आकस्मिक धन लाभका योग छन्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।
मकर : (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्ला। कार्यक्षेत्रमा सीनियर र जुनियर दुवैको सहयोग मिल्नेछ। व्यापार व्यवसायमा सामान्य लाभ होला। आजको शुभ रंग हरियो हो भने शुभ अंक १ रहेको छ।
कुम्भ : (गु, गे, गो, सा, सि, सु, से, सो, दा) ​​कार्यक्षेत्रमा गोपनीयताको ध्यान राख्नुहोला। स्वास्थ्यको लागि आहारविहारमा सजग रहनुहोस्। प्रेम सम्बन्ध सुमधुर रहनेछ। सामान्य कामको लागि पनि दौडधुप गर्नुपर्ने रहेको छ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ४ रहेको छ।

मीन : (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) ​​ मन मिल्दो साथी भेट्नुको साथै प्रेम र मित्रताको बन्धन कसिनेछ। वित्तीय वा सहकारी संस्थाबाट लाभ मिल्ला। शत्रुहरू पराजित हुनेछन्। खानपिनमा ध्यान राख्नुहोला। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर