इरान युद्धका कारण हामीले चुनाव हार्यौँ : जेडी भान्स
काठमाडौं । अमेरिकाका उपराष्ट्रपति जेडी भान्सले मध्यावधि चुनावमा आफ्नो दल रिपब्लिकन पार्टीको पराजयको कारण इरान युद्ध भएको टिप्पणी गरेका छन्।
निर्वाचनमा विपक्षी दल डेमोक्र्याटिक पार्टीले अमेरकी कंग्रेस (संसद्) का दुवै सदनमा बहुमत हासिल गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पको राजनीतिक दल रिपब्लिकनलाई विस्थािपित गरेको छ।
यस विषयमा सामाजिक सञ्जालमा एक्समा लेख्दै उपराष्ट्रपति भान्सले प्रतिक्रिया दिएका हुन्। ‘हाम्रो हारको कारण युद्ध हो’, उनले लेखेका छन्, ‘हामी किन हार्यौँ भन्ने सबैलाई थाहा छ, अब हामीले के गर्नुपर्छ भन्ने बारेमा निष्पक्ष छलफल यसैबाट सुरु गर्नुपर्छ।’
इरान युद्ध, बढ्दो महँगी र अन्य मुद्दाले यस वर्ष रिपब्लिकन मतदाताहरूले पार्टी त्यागेको उनले उल्लेख गरेका छन्। जसले सन् २०२४ मा आफू र राष्ट्रपति ट्रम्पलाई समर्थन गरेका थिए।
उनले के पनि स्वीकार गरेका छन् भने ट्रम्प प्रशासनको आप्रवासन नीतिप्रति पनि मतदाताहरूको आपत्ति थियो। उनले अगाडि भनेका छन्, ‘म यस नीतिमा केही सुधार गर्न तयार छु।’ त्यसो त राष्ट्रपति ट्रम्पले पनि चुनावमा हारको कारण इरान युद्ध भएको कुरा स्वीकार गरिसकेका छन्।
