आज हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। देशका विभिन्न स्थानमा आज हल्का वर्षा र हिमपात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार दिउँसो देशभर आंशिक बदली रहनेछ। हिमाली तथा पहाडी क्षेत्रका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। यस्तै, लुम्बिनी प्रदेशको तराई क्षेत्रमा पनि छिटपुट वर्षा हुन सक्नेछ।

आज सोमबार राति हिमाली र पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराई, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु र कुहिरो लाग्न सक्ने महाशाखाले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर