आज विजया दशमीको दिन मौसम सफा रहने

काठमाडौं । आज कात्तिक ४ गते बुधबारको दिन देशका हिमाली र पहाडी भेगमा मौसम मुख्यतया सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी क्षेत्रको आकाशमा आंशिक बादल लाग्नेछ भने तराईमा मौसम मुख्यतया: सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक(दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना छ।

यस्तै आज राति कोशी र गण्डकी प्रदेशका हिमाली र पहाडी भेगको आकाशमा आंशिक बादल लाग्नेछ भने बाँकी हिमाली र पहाडी भूभागमा मौसम मुख्यतया: सफा रहने छ। आज विजया दशमीको दिन मौसम प्रतिकूलता नहुने भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर