आज देशभर प्राय: मौसम सफा रहने

काठमाडौं ।  हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगको आकाशमा आंशिक बादल लागेको छ। तराईका केही स्थानमा भने हुस्सु/कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसम महाशाखाअनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भेगको आकाशमा आंशिक बादल लाग्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।

आज दिउँसो देशका हिमाली भूभागका साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना छ। यसैगरी आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भेगमा आंशिक बादल लाग्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर