सुनचाँदीको मूल्यमा भारी गिरावट
काठमाडौं । नेपाली बजारमा सोमबार सुन तोलामा २ हजार ४ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रति तोला ३ लाख १ हजार ९ सय रुपैयाँ तोकेको छ ।
हिजो आइतबार सुन तोलाको ३ लाख ४ हजार ३ सय रुपैयाँ थियो । यस्तै, आज सोमबार चाँदी तोलामा पनि ३५ रुपैयाँ घटेको छ । हिजो आइतबार चाँदी तोलाको ४ हजार ७ सय २५ रुपैयाँ रहेकोमा आज ४ हजार ६ सय ९० रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया
