चिकित्सकको आन्दोलन जारी : आज पनि सेवा बन्द
काठमाडौं । नेपाल चिकित्सक सङ्घले आज पनि देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको छ ।
वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको साङ्घातिक आक्रमण र अस्पतालमा गरिएको तोडफोडका दोषीहरूलाई कानुनी कारबाही गर्न सरकारले उदासीनता देखाएको भन्दै सङ्घले देशभरका स्वास्थ्य सेवा ठप्प पारिएकाे हो ।
घटना भएको चार दिन बितिसक्दा समेत दोषीलाई पक्राउ गरी कारबाही गर्नुको साटो, उल्टै न्याय माग्न गएका चिकित्सकहरूमाथि पर्साका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले दुर्व्यवहार गरेको भन्दै सङ्घले यसलाई अत्यन्तै लज्जास्पद ठहर गरेको छ।
सङ्घको केन्द्रीय कार्यालयमा मंगलबार बसेको आकस्मिक बैठकले बुधबार देशभरका अस्पताल, मेडिकल कलेज तथा स्वास्थ्य संस्थाहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको हो ।
