आजको मौसम : सामान्यतया सफा रहने

काठमाडौं । देशका धेरै भू-भागमा आज मौसम सामान्यतया सफा रहनेछ । केही भू-भागमा बादल लाग्नेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दि उँसो देशको हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ । पहाडी र तराई भू-भागमा मौसम मुख्यतया: सफा रहनेछ ।

राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ । बाँकी हिमाली तथा पहाडी भू-भागमा मौसम मुख्यतया: सफा रहने नेपाल मौसम विज्ञान विभागले जनाएको छ । देशको तराई भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु र कुहिरो लाग्नेछ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर