भारतको मेघालयमा चार नेपाली श्रमिकको हत्या
काठमाडौं । भारतको मेघालयमा चार नेपाली श्रमिकको हत्या भएको छ । मेघालयको जयन्तिया हिल्सस्थित एउटा दुर्गम गाउँमा उनीहरूको हत्या गरी फालिएको शव शनिबार फेला परेको नर्थ इस्ट लाइभ टीभीले जनाएको छ । हातखुट्टा बाँधेर धारिलो हतियार प्रयोग गरी उनीहरूको घाँटी रेटी हत्या गरिएको हो । मारिने चारै जना नेपाली कोइला खानीका श्रमिक रहेको समाचारमा उल्लेख छ । मेघालयको प्रान्तीय राजधानी सिलोङबाट १ सय ३० किलोमिटर टाढाको पहाडी क्षेत्रमा उक्त घटना भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
प्रतिक्रिया
